ब्राउन सुगरसहित झापाबाट ३ जना पक्राउ
९ असोज, रौतहट । लागुऔषध ब्राउन सुगरसहित झापाबाट ३ जनालाई पक्राउ गरिएको छ । बिहीबार राती झापाको अर्जुनधारा ११ बसपार्क र विर्तामोडबाट तीन जना पक्राउ परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय डीएसपी कवीन्द्र कुमार कार्कीले जनाएका छन् ।
झापा बिर्ताकोड ३ का २४ वर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ वर्षीय नरप्रसाद राजवंशी रहेका छन्, भने बिर्तामोड २ का २२ वर्षीय प्रदीप राजवंशी पनि पक्राउ परेका छन् ।
विशाल र नरप्रसाद ११ ग्राम ब्राउन सुगरसहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार प्रदीप १० ग्राम ब्राउन सुगरसहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेका हुन ।
पक्राउ परेका तिनै जनाविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाईएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।