नेपालमा पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमण पुष्टि

   ८ आश्विन २०७७, बिहीबार १७:२६  

८ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफङमा दिएक जानकारी अनुसार ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ९७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै देशभर कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

यस्तै हालसम्म देशभर संक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ८ हजार ६ सय १४ रहेको छन्, भने होम आइसोलेशनमा ९ हजार ८ सय २३ जना रहेका गौतमले बताए ।

त्यस्तै, बितेको २४ घण्टामा थप ४ सय ५७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ५० हजार ४ सय ११ पुगेको छ । यसैबीच कोरोना संक्रमणका कारण ५ महिला र १२ पुरुषगरी थप १७ जनाको मृत्यु भएको छ । योसंगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय २९ पुगेको छ ।

यस्तै काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।