झापामा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु

   ८ आश्विन २०७७, बिहीबार १५:४०  

८ असोज, रौतहट । झापामा कोरोना संक्रमणबाट एक ७७ वर्षीय वृद्धको मृत्यु भएको छ ।

झापपाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएका झापा गाउँपालिका वडा नं. ६ निवासी वृद्धको गएराति मृत्यु भएको हो । उनमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए ।

उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

उनमा लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका विश्वकर्माले बताए ।