कोरोनामुक्त भए कांग्रेस महामन्त्री शशांक कोइराला
८ असोज, रौतहट । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
कोइरालामा कोरोना संक्रमण पुष्टि भएपछि ओम अस्पतालमा भर्ना भएका थिए । उनी अस्पतालबाट कोरोनामुक्त भएर शनिबार डिस्चार्ज भएका थिए । स्वास्थ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार केही दिन होम आइसोलेसनमै बस्ने गरी उनी डिस्चार्ज भएका हुन्
महामन्त्री कोइरालामा गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा ज्वरो लगायतका समस्या देखिएपछि भदौ ३१ गते चावहिलस्थित ओम अस्पतालमा राखिएको थियो ।