बुटवलमा थप दुई जनाको मृत्यु

   ८ आश्विन २०७७, बिहीबार ११:२५  

८ असोज, रौहतट । बुटवलको कोरोना अस्पतालमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकजना नवलपरासी पश्चिम रामग्रामका र अर्का कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका हुन् ।

असोज २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षिय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो ।

यस्तै, असोज १ गते अस्ताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षिय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

रामग्रामका संक्रमित कलेजो र मिर्गौलाका तथा कपिलवसतुका संक्रमित मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेका डा. गौतमले बताए ।