डडेलधुरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
८ असोज, रौतटह । कोरोना संक्रमणका कारण डडेलधुरा जिल्लामा एक जनाको मृत्यु भएको छ । डडेल्धुरामा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु भएको हो । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पुर्याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए ।
बिरामीलाई अस्पताल ल्याएर उपचार गर्ने क्रममा श्वास प्रश्वासको गति बन्द भइसकेको र स्वाब परीक्षण गर्दा कोरना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट जगदीश बिष्टले जानकारी दिए ।
शव व्यवस्थापनका लागि डडेल्धुरास्थित गरुड दह गण दह ब्यारेकमा सम्पर्क भइरहेको बिष्टले बताए ।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संमित मृतकको संख्या १६ पुगेको छ ।