नेपालमा थपिए ११७२ कोरोना संक्रमित
७ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानेकारी अनुसार ९ हजार ४ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ७२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।
यस्तै, बितेको २४ घण्टामा १ हजार ८ सय ९३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यससंगै हालसम्म कोरोनामुक्त हुनेको कुल संख्या ४८ हजार ६१ रहेको छ ।
जसमध्ये बिगत २४ घण्टामा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ, भने नेपालमा हालसम्म मृतकको संख्या ४ सय ३६ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा मात्रै ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।