ललितपुरमा कोरोना संक्रमणबाट थप दुईजना मृत्यु

   ७ आश्विन २०७७, बुधबार १३:०३  

७ असोज, रौतहट । ललितपुरमा कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

ललितपुर घर भएका ८० वर्षीय परुषको मंगलबार मृत्यु भएको थियो, भने अर्का ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।

भदौ ६ गते उपचारका लागि मेघा अस्पतालमा ८० वर्षीय पुरुष भर्ना भएका थिए, भने ७४ वर्षीय पुरुष भदौ १७ गते अल्का अस्पतालमा भर्ना भएका थिए ।