६९ सैनिकसहित काभ्रेमा एकैदिन ७९ जनामा कोरोना पुष्टि
७ असोज, रौतहट । काभ्रेमा हालसम्मकै अधिक ७९ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको पीसीआर परीक्षणबाट ७९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ ।
मङ्गलबारको परीक्षणमा थप पाँचखाल–५ का ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका पाँच र पाँचखाल–७ का एक तथा धुलिखेल र बनेपा नगरपालिकाका दुई÷दुईमा कोरोना सङ्क्रमण देखिएको पोष्टले बताए । नेपाली सेनाको छाउनीस्थित अस्पतालमा गरिएको पिसीआर परीक्षणमा तालिम केन्द्रमा रहेका ६९ सैनिकमा कोरोना सङ्क्रमण पुष्टि हो ।
पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाका अनुसार यसअघि उक्त केन्द्रका १० सैनिकमा सङ्क्रमण देखिएको थियो ।