बाँकेमा उपचारका क्रममा बर्दियाका एक संक्रमितको मृत्यु

   ७ आश्विन २०७७, बुधबार १०:४७  

७ असोज, रौतहट । बाँकेमा उपचारको क्रममा बर्दिया जिल्लाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुपरमा बर्दिया जिल्लाको ठाकुरद्धारा नगरपालिका वडा नम्बर ७ निवसी ६४ वर्षीय पुरुषको मंगलबार दिउँसो ४ बजे मृत्यु भएको हो ।

उनलाई असोज ४ गते विहान अस्पताल भर्ना गरिएको थियो । असोज ५ गते पिसिआर परीक्षणका गर्दा उनलाई कोरोना पुष्टि भएको थियो ।
फोक्सोको देब्रे भागमा निमोनियाको गम्भीर संक्रमण देखिएका उनको त्यसैका कारण उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार बाँकेका मात्रै ७ जनाको मृत्यु भएको छ ।

कुल गरेर उपचारक्रममा बाँकेमा हालसम्म ११ जना संक्रमितको मृत्यु भइसकेको श्रेष्ठले जानकारी दिए ।