नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि

   ६ आश्विन २०७७, मंगलवार १७:०७  

६ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारी अनुसार बितेको २४ घण्टामा ११ हजार २ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५६ जनाको कोरोना रिपोर्ट पोजेटि आएको हो । योसंगै देशभर कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

यस्तै, बिगत २४ घण्टामा ८ सय २३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन ।

त्यसैगरी बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४ सय २९ पुगेको गौतमले बताए ।

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।