गुल्मीमा पहिरोमा पुरिएर २ जनाको शव फेला

   ६ आश्विन २०७७, मंगलवार १५:१२  

६ असोज, रौतहट । सोमबार राति गएको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाका आज बिहान शव फेला परेको छ । इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

इस्मा गाउँपालिका– २ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमालको शव आज बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिराबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए ।

सडकमा हिँड्दै गरेका अवस्थामा सडकमाथिबाट ठूलो पहिरो खस्दा दुवै पहिरामा पुरिएर बेपत्ता बनेका थिए । घटनामा स्थानीयवासी तिलक कुमालसमेत घाइते भएका छन् । सोमबार अपराह्न उक्त क्षेत्रमा ठूलो पानी परेको थियो ।