काभ्रेमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

   ६ आश्विन २०७७, मंगलवार १०:४७  

६ असोज, रौतहट । काभ्रेमा कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

काभ्रेको पनौती नगरपालिका ५ चौकोटकी एक कोरोना संक्रमित ५० वर्षीया महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको हो।

ती महिलाकमा कोरोना संक्रमण पुष्टि भएपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको (कोभिड १९)रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए ।

उनी आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएकी समेत झाले बताए ।

योसहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।