धरानमा कोरोना संक्रमणबाट थप दुई महिलाको मृत्यु

   ५ आश्विन २०७७, सोमबार १५:५१  

५ असोज, रौतहट । धरानमा थप दुई जनाको कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ र ४९ वर्षीया महिला हुन् ।

उनीहरुका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । झापाको मेचीनगरकी ७२ वर्षीया महिलाको गएराति मृत्यु भए प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका जानकारी दिए । आइतबार मात्रै उनी कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । तर, उनमा कुनै दीर्घरोग नभएको अस्पतालले जनाएको छ ।

त्यस्तै, सुनसरीको इनरुवाकी ४९ वर्षीया महिलाको आज दिउँसो मृत्यु भएको छ ।

उनी मिगौलाको समस्या भइ डायलाइसीस गराइरहेकी थिइनन् । असोज १ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसंगै हालसम्म प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भइसकेको छ ।