कन्टेनरको ठक्करबाट एक बालिकाको मृत्यु

   ४ आश्विन २०७७, आईतवार १५:५१  

४ असोज, रौतहट । धादिङमा कन्टेनरको ठक्करबाट एक तीन वर्षीय बालिकाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेवबेसीमा सडक किनारामा खेलीरहेकी स्थानीय संचिता कार्कीलाई काठमाडौंबाट फर्किरहेको कन्टेनरको ठक्करबाट मृत्यु भएको हो ।

कन्टेनरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । बालिकालाई ठक्कर दिने ना ३ ख ५१८३ नम्बरको कन्टेनरलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । घटनास्थलमा भर्खरै प्रहरी पुगेको स्थानीयले बताए छन् ।