कैलाली गाउँपालिकाका एक अधिकृत बलात्कार गरेको आरोपमा पक्राउ

   ४ आश्विन २०७७, आईतवार १५:१४  

४ असोज, रौतहट । बलात्कार गरेको आरोपमा कैलालीबाट प्रहरीले एक अधिकृतलाई प्रक्राउ गरेको छ ।

एक महिला कर्मचारीले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि, जिल्लाको जोशीपुर गाउँपालिकामा कार्यरत अधिकृत भानुभक्त उपाध्यायलाई प्रहरीले जबरजस्ती करणी गरिएको आरोपमा प्रक्राउ गरिएको हो ।

भदौ १९ गते उपाध्यायले बलात्कार गरेको महिलाले आरोप लगाएकी छन् । उजुरी दर्ता भएपछि शनिबार उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालिले जनाएको छ । उपाध्यायमाथि जबरजस्ती करणीमा मुद्दासमेत दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्ष प्रतिक बिष्टले मुद्दा दर्ता भइसकेको र थप अनुसन्धान जारी रहेको बताए ।