कोरोना संक्रमणका कारण एक नेपाली सैनिकको मृत्यु

   ४ आश्विन २०७७, आईतवार १३:१४  

४ असोज, रौतहट । कोरोना संक्रमणका कारण एक नेपाली सैनिकको मृत्यु भएको छ । काठमाडौँ उपत्यकाभित्र कार्यरत रामेछाप घर भएका ३४ वर्षीय एक नेपाली सैनिकको मृत्यु भएको हो ।

उनका भदौ २९ गते उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । मृत्युपछि उहाँका स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको प्रवक्ता पौडेलले बताए ।

लामो समयदेखि ब्लड क्यान्सर भएर उनी नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार गराइरहेका थिए । असोज १ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

नेपालमा (कोभिड १९) संक्रमित सुरक्षाकर्मीको यो पहिलो मृत्यु हो ।

अहिलेसम्म नेपाली सेनामा २ हजार ५६ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ४ सय १ जना निको भइसकेका छन् ।