धादिङमा ९ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

   ३ आश्विन २०७७, शनिबार १३:४१  

३ असोज, रौतहट । धादिङमा ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउपालिका–६ घर भई पोखरा लामाचौर बस्ने ३२ वर्षीय विकास विक रहेका छन् ।

विकले भदौ ३० गते ती बालिकलाई ललाईफकाई एकान्त ठाउँमा लगेर करणीको आशय राखी यौन दुव्र्यहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

पीडित बालिकाले दिएको जाहेरीको आधारमा विकलाई नियन्त्रणमा लिएर बाल यौन दुरुपयोग कसुरमा अनुसन्धान अगाडि बढाइएको एसपी श्रेष्ठले बताए । विकविरुद्ध जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप भएको प्रहरीले जनाएको छ ।