गण्डकीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
३ असोज, रौतहट । गण्डकी प्रदेशमा १५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमित को संख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ । थपिनेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का ११, पर्वतका दुई तथा स्याङ्जा र लमजुङका एक र एक जना छन् ।
पछिल्लो २४ घण्टामा ९२६ जनाको पिसिआर परीक्षण गरिएकामा ५६ जनाको कोरोना पुष्टि भएको तथा ७८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सो अवधिमा एकको मृत्यु, चार जना निको भएको तथा ८५ जनामा पुनः पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।