नेपालमा हालसम्मकै बढी २ हजार २० जना कोरोना संक्रमित थपिए

   २ आश्विन २०७७, शुक्रबार १७:१९  

२ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै बढी २ हजार २० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै देशभर कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितमध्ये १७३ आईसीयूमा उपचाररत छन्, भने ३६ जना भेन्टिलेटरमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन्, भने हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ ।

आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९५ र होम आइसोलेशनमा ८ हजार ८८ जना रहेका छन ।

। नेपालमा संक्रमणमुक्त हुनेको दर ७१.१ प्रतिशत रहेको छ ।