पुजारी हत्याकाण्ड बारे बास्तबिक्ता बुझ्न प्रजिअ यादबको स्थलगत अनुगमन ।
२ असोज, रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्र देब यादबले पुजारी हत्याकाण्डका बादी-प्रतिबादी दुबैको परिवारलाई भेटेर पुजारी हत्या काण्ड बारे को थप बास्तबिकता बुझ्ने प्रयास गरेका छन ।
बिहिवार पुजारी साहको घरपरिवार संग माधबनारायण नगरपालिकाको खेसरहिया र हाल प्रहरी हिरासतमा रहेका प्रतिबादी राम नरेश पटेल र बालकुमार पटेलको बुबा (आमा र स्थानीय बासी संग देवाही गोनाहीको करुनिया पुगेर भेटघाट गर्दै घटना बारे थप कुरा र रहस्य बुझ्ने प्रयास गरेका हुन । बादी-प्रतिबादि सङ्गको भेटघाटमा प्रमुख जिल्ला अधिकारी यादबले पुजारी श्रीराम साह हत्या काण्डको अनुसन्धान प्रती आफू निकै गम्भीर रहेको बताए। पुजारी हत्या कान्डले आफुलाइ मर्माहत बनाएको बताउदै प्रमुख जिल्ला अधिकारी यादबले दोसिलाई कुनै हालतमा नछोड्ने र निर्दोषलाई फस्न नदिने प्रतिबद्धता ब्यक्त गरे। अनुसन्धान बिभागका रौतहट प्रहरी उपरिक्षक अभिनय सिह संगै खेसरहिया पुगेका प्रजिअ यादबले गोलि हानी हत्या गरिएको पुजारी श्री राम साहको भाइ लालबहादुर साह सङ्ग भेटेका थिए ।
त्यसैगरी करुनिया पुगेर प्रमुख जिल्ला अधिकारी यादबले राम नरेश पटेलका बुबा तुलसि राउत, आमा सुदिपती देबि र बालकुमार पटेलका बुवा ज्वाहर पटेल सहित सयकडौ स्थानीय संग भेटघाट गरेका थिए। प्रमुख जिल्ला अधिकारी सङ्गको भेटमा पुजारी श्री राम साहको भाइ लालबहादुर साहले आफ्नो दाजु श्री रामको हत्या कुन ,कारण र किन भएको हो थाह नभएको बताए । साहले दाइ श्री राम सङ्ग कसैको रिस राग, लेनदेन र दुश्मनी नभएता पनि हत्याको छानबिन गरि कडा कारबाही गर्न माग गरेका थिए ।
सोही क्रममा वडा अध्यक्ष हनुमान सहनीले यस घटनाप्रती अझ सुक्ष्म अनुसन्धान दोसिलाई कठघेरामा उभ्याउनु पर्ने माग गरे । उता प्रतिवादी राम नरेश पटेलको बुबा तुलसी पटेल आमा सुदिपति देबि र वालकुमार पटेल बुबा ज्वाहर पटेलले र आफन्तहरुले पनि उनीहरुको कसैसँग लेनदेन नरहेको र पुजारी साहसंग कुनै सम्बन्ध समेत नरहेको बताए । हिरासतमा रहेका राम नरेश पटेलका बुवा तुल्सी राउत पटेलले र ज्वाहर पटेलले आफ्नो छोराको कसैसँग लेनदेन नरहेको र प्रहरीले निर्दोष छोरालाई फसाउन खोजेको भन्दै दुख व्यक्त गरे ।
प्रहरीले लेनदेनको विषयले पुजारी साहको हत्या भएको प्रतिबेदन पेश गर्दै राम नरेश पटेल र बालकुमार पटेल प्रहरी हिरासतमा छन। उनिहरु घटना घटेको ३ दिन पछि प्रहरीको अनावश्यक करकापका कारन भागेको तर भारत बाट पक्राउ परेको परिवार जनले बताएका छन। प्रहरीले करकापका कारण डराएर आफ्नो छोरा भागेको तुलसी पटेल र ज्वाहर पटेलको गुनासो थियोे । अनुसंधानको लागि आएको कुकुर स्थानीय बिस्नु पटेको घर छेउमा बसेको तर घटनाको दोसि पक्रन निर्दोष नरेश र बालकुमारलाई बिना कारण पक्राउ गरेको परिवारजन र स्थानीयहरुको आरोप छ।
घटना पश्चात् देवाही गोनाही नपा १ का वडा अध्यक्ष शेख नुरुलाह ,बाघबा भन्ने मुम्ताज फरार भएका थिए । अन्य स्थानीय राजेन्द्र पटेल ,काहिल पटेल पहिला देखि नै गाउँ घर कै झै-झगडाको कारण पहिला देखि नै फरार रहेको स्थानीय बाट खुलेको छ। माधवनारायण नगरपालिका-२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको बितेको भदौ ३ गते राती करिब दस बजे गोलि हानी हत्या गरिएको थियो । प्रदेश प्रहरी कार्यालयले पुजारी साह संग प्रतिबादीहरु लेनदेनको विषयमा घटना भएको प्रतिबेदन सार्वजनिक गरेको थियो।तर पुजारी साहको तथा प्रतिवादी दुवै पक्षले यसमा आपत्ति जनाउदै आएका छन् । देबाही गोनाही नपाकि उप -प्रमुख परनिया देबि पटेल, नेकपा नेता उपेन्द्र साहले घटनाको दोसिलाई कुनै हालतमा छोड्न नहुने र निर्दोष फस्न नहुने माग गरे। यस घटना बारे प्रसासन अझ गम्भीर हुनुपर्ने हिन्दु बादी विभिन्न संघ संस्था, क्षेत्रका सान्सद प्रभु साहले जोरदार रुपमा माग गर्दै आएका छन।