चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
२ असोज, रौतहट । चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय एक युवकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
२६ गते कोरोना संक्रमण पुष्टि भएका उनको गएराति १२ बजेर १८ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती युवकको उपचार भइरहेको थियो । चितवनमा कोरोना संक्रमित ३० जनाको मृत्यु भएको छ ।तर चितवन जिल्लाका मात्रै १७ जना छन ।