नारायणी नदीमा डुङ्गा पल्टिँदा २८ वर्षीय एक व्यक्ति बेपत्ता

   ३१ भाद्र २०७७, बुधबार १५:२६  

३१ भदौ, रौतहट । नारायणी नदीमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन्, भने अन्य छ जनाले पौडी खेलेर बाँच्न सफल भएका छन ।

सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सात जना सवार डुङ्गा बुधबार बिहान सुस्ता पुग्नै लाग्दा अचानक पल्टिएको हो ।

बेपत्ताको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन । बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।