बर्दियामा आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु

   ३१ भाद्र २०७७, बुधबार १३:१२  

३१ भदौ, रौतहट । आफ्नै घरको छतबाट खसेर बर्दियामा एक पुरुषको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका ८ कण्ठपुरका ५० वर्षका कर्णबहादुर सुनारको मृत्यु भएको हो ।

आफ्नै एक तले घरको छतमा सुत्न जाने क्रममा लडेर घाइते भएका उनको उपचारका लागि नेपालगञ्ज नर्सिङ होम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उनले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।