बुधबार सीडिएससीले मोबाइल एप लञ्च गर्न
द नेपाल मिडिया
३० भाद्र २०७७, मंगलवार ११:५९
३० भदौ, रौतहट । केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) ले बुधबार मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने भएको छ ।
हालसम्म मोबाइल एप सञ्चालनमा नल्याएको सीडिएससीले बुधबार पहिलो पटक सर्वसाधारणका लागि एप सञ्चालनमा ल्ष्याउन लागेको हो ।
सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेका अनुसार एप सञ्चालनमा आएपछि शेयर आवेदन, पोर्टफोलियो हेर्ने सुविधा, शेयरको विद्युतीय हस्तान्तरण (इडिआइएस) लगायत हाल मेरो शेयरमा रहेको सम्पूर्ण र सीडिएससिको वेबसाइटमा भएको सबै फिचरको सुविधा लगानीकर्ताले एपबाटै सहज रुपमा प्राप्त गर्न सक्नेछन । केही दिनको परीक्षण पश्चात एपबाट नियमित रुपमा सेवा हुनेछ ।
उक्त मोबाइल एप एन्ड्रोइड र एप्पल दुवै मोबाइलमा एप स्टोरबाट डाउनलोड गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।