यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय
द नेपाल मिडिया
२९ भाद्र २०७७, सोमबार २२:०२
२९ भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण बन्द रहेको यातायातका साधन असोज ५ बाट संचालनमा आउने भएको छ ।
सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।






