नेपालमा थप १ हजार १७० मा कोरोना पुष्टि, १५ को मृत्यु

   २९ भाद्र २०७७, सोमबार १७:२४  

२९ भदौ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

देशमा बितेको २४ घण्टामा १० हजार ८ सय ७८ जनाको पीसीआर गर्दा १ हजार १ सय ७० जनाको कोरोना रिपोर्ट आएको स्वास्थ्य तथा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । योसंगै देशमा संक्रमितको कुल संख्या ५५ हजार ३ सय २९ पुगेका छ ।

यस्तै, विगत २४ घण्टामा थप ८ सय ७९ जनाले कोरोना जितेर डिस्चार्ज भएको छन् । यससंगै कोरोनामुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ ।

हालसम्म देशमा संक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ रहेको छ, भने कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ ।

नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ६० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।