पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

   २९ भाद्र २०७७, सोमबार १५:३७  

२९ भदौ, रौतहट । नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोला नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

ईच्छाकामना गाउँपालिका ६ स्थित चोरखोला नजिक पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडकमा खसेको पहिरो ठूलो भएका कारण पहिरो हटाएर सडक सुचारु गराउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए  ।

यसअघि पनि सोही ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।