अब पीसीआर परीक्षण शुल्क २ हजार बढी लिन नपाइने
द नेपाल मिडिया
२८ भाद्र २०७७, आईतवार १७:४५
२८ भदौ, रौतहट । कोरोना भाइरसका संक्रमण लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षण शुल्क सरकारले घटाएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले दिएका जानकारी अनुसार यसहघि पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकिएको थियो, तर अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिए ।
सरकारको यो निर्णयसँगै अब निजी तथा सशुल्क परीक्षणका लागि तोकिएको ल्याबहरुले २ हजार भन्दा बढी शुल्क लिन पाउने छैनन