कोभिड १९ स्वयंसेवा टिम नेकपा प्रवक्ता श्रेष्ठले बनाए
द नेपाल मिडिया
२८ भाद्र २०७७, आईतवार १५:२२
२८ भदौ, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले (कोभिड १९) स्वयंसेवा गठन गरेका छन ।
श्रेष्ठले कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले आफ्नो कामलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन । साथै सरकारको प्रयासलाई सफल बनाउन र संक्रमणबाट समाजलाई बचाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने भएकाले स्वयंसेवा गठन गरेको नेकपा उनले बताएका छन ।
श्रेष्ठको निजी सचिवालय अन्तरगत गठित (कोभिड १९) स्वयंसेवाले कोभिड उपचारसम्बन्धि प्रकिया र उद्धारमा सहजीकरणका साथै मनोसामाजिक र आपतकालीन स्वास्थ्य परामर्श दिनेछ ।