रुपन्देहीमा खोलाले बगाउँदा ६२ वर्षीया बृद्धाको मृत्यु
२८ भदौ, रौतहट । रुपन्देहीको देवदहमा घोडाहा खोलाले बगाउँदा एक बृद्धाको मृत्यु भएको छ ।
देवदह नगरपालिका–८ कालिका टोलकी ६२ वर्षीया भिमिश्वरा चिदीको मृत्यु भएको हो । बाख्रा चराउन गएकी उनलाई घोडाहा खोला तर्ने क्रममा बगाएको इलाका प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको छ ।
चिदीको शब देबदह–३ रोहिणी पुल नजिक फेला परेको प्रहरीले जनाएको छ । उक्त खोलामा पुल नहुँदा वर्षायाममा देवदह नगरपालिकाकै शरनटाँडी गाउँमा आवतजावतमा समस्या पर्ने गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।






