चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु
द नेपाल मिडिया
२८ भाद्र २०७७, आईतवार ११:२१
२८ भदौ, रौतहट । चितवनमा थप एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । चितवनमा होम आइसोलेसनमा बसेकी एक संक्रमित महिलाको मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज विहान ६ बजे मृत्यु भएको हो ।
हालसम्म चितवनका कोरोना संक्रमण पुष्टि भएका १७ जनाको मृत्यु भएको छ ।