विराटनगरमा एक कोरोना संक्रमित वृद्धको मृत्यु
द नेपाल मिडिया
२७ भाद्र २०७७, शनिबार १५:२६
२७ भदौ, रौतहट । विराटनगर (कोभिड १९) अस्पतालमा उपचाररत एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।
विराटनगर ८ का ६९ वर्षीय पुरुषको शनिबार १२स३० मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
उनलाई २२ गते स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल ल्याइएका थिए । सोही दिन पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । सुगर र ब्लडप्रेसरका बिरामी उनको अवस्था चिन्ताजनक बनेपछि शुक्रबार भेन्टिलेटरमा राखिएको थियो ।
उनीसहित विराटनगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ जना पुगेको प्रमुख बस्नेतले बताए ।