नेपालमा आज थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि
२६ भदौ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारी अनुसार देशमा थप १ हजार ४ सय ५४ जनामा कोरोना पुष्टि भएको हो । योसंगै हालसम्म संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।
उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ ।
यस्तै बितेको २४ घण्टामा ९ सय ७२ जना निको भएका छन्, भने योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ५ जनाको ममृत्यु भएको छ, यससंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
उपत्यकामा एकैदिन उच्च संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो । बिहीबार उपत्यकामा ५७२ जनामा संक्रमण देखिएको थियो ।