रौतहटमा एकै दिन छुट्टाछुटै घटनामा दुई बालबालिकाको मृत्यु

   २६ भाद्र २०७७, शुक्रबार १५:५३  

२६ भदौ, रौतहट । रौतहटमा एकै दिन छुट्टाछुटै घटनामा दुई बालबालिकाको ज्यान गएको छ ।

रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर १ पिपरा भगवानपुरका राम प्रवेश ठाकुरको डेढ वर्षका छोरा आदित्य ठाकुरको पानीमा डुबेर मृत्यु भएको छ ।

घरनजिकै कलधाराको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बिहीबार साँझ डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यस्तै, रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ मा एक बालिकाको छतबाट लडेर मृत्यु भएको छ । स्थानिय आनन्दी साहीकी डेढ वर्षीकी छोरी विनिताकुमारी साहको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि भरत श्रेष्ठले जानकारी दिए ।