काठमाडौँ उपत्यकामा फुटपाथ पसल र ठेला व्यापारमा प्रतिबन्ध लगाउन माग

   २६ भाद्र २०७७, शुक्रबार १४:३१  

२६ भदौ, रौतहट । काठमाडौँ उपत्याकामा ‘फुटपाथ र ठेलागाडा व्यापार’ प्रतिबन्ध लगाउन काठमाडौं महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंको ध्यानाकर्षण गराएको छ ।

महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले शुक्रबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग गरेकी हुन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशको, सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ ।’ भनिएको छ ।

हेर्नुहोस् महानगरपालिकाको पत्र