सुनचाँदीको मूल्यमा सामान्य गिरावट
द नेपाल मिडिया
२६ भाद्र २०७७, शुक्रबार १३:१३
२६ भदौ, रौतहट । नेपाली बजारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा शुक्रबार प्रतितोलामा ३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य ९६ हजार ५ सय रुपैयाँमा तथा तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार निर्धारण गरिएको छ । जुन अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रूपैयाँ कम हो ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोलामा १५ रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ । बिहिबार छापावाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।