नेपालमा थपिए १२ सय ४६ कोरोना संक्रमित, उपत्यकामा मात्रै ५७२ जनामा कोरोना पुष्टि

   २५ भाद्र २०७७, बिहीबार १७:१६  

२५ भदौ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारी अनुसार विगत २४ घण्टामा ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा १२ सय ४६ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । योसंगै देशभर कोरोना संक्रमितको कुल संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

हाल नेपालमा संक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ रहेको छ, भने बितेको २४ घण्टामा १ हजार ८ सय १८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यससंगै कोरोनामुक्त हुनेहरुको कुल संख्या ३५ हजार ७ सय पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यससंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय १७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा पनि थप ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा बितेको २४ घण्टामा ४ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ ।