काठमाडौंका कोरोना संक्रमितको अल्का अस्पतालमा मृत्यु
द नेपाल मिडिया
२४ भाद्र २०७७, बुधबार १२:११
२४ भदौ, रौतहट । ललितपुरको अल्का अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ६७ वर्षीय पुरुषको भदौ २३ गते साँझ ५ बजे मृत्यु भएको हो ।
ती पुरुषलाई सोही दिन अल्का अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य जटिल भएकाले भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।