नेपालमा थप ९०२ जनामा कोरोना पुष्टि, २ हजार २८७ डिस्चार्ज
२३ भदौ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार ६ सय ११ जनाको पीसीआर परिक्षण गर्दा ९ सय २ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसंगै देशभर कोरोना संक्रमितको कुल संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।
यस्तै, विगत २४ घण्टामा २ हजार २ सय ८७ जनाले कोरोनामुक्त भएर डिस्चार्ज भएसंगै हालसम्म संक्रमणमुक्त हुनेहरुको कुल संख्या ३२ हजार ९ सय ६४ पुगेको छ ।
त्यसैगरी कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । यससहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ६ पुगेको छ ।