जङ्गली साग खाएर जाजरकोटका ५ जना बेहोस

   २३ भाद्र २०७७, मंगलवार १५:१५  

२३ भदौ, रौतहट । डोल्पामा जङ्गली साग (जोक) खाँदा जाजकोटका पाँचजना बेहोस भएका छन् ।

शेफोक्सुण्डो गाउँपालिका १ मा रहेको निजाल गुम्बा पुनर्निर्माणका लागि गएका उनीहरु साग खाएपछि बेहोस भएको सहायक प्रमुख जिल्ला अधिकरी लक्ष्मीदेवी शर्माले जानकारी दिएन् ।

सहायक प्रजिअ शर्माका अनुसार उनीहरुले सोमबार बेलुकीको खानामा गुम्बा वरिपरि पाइने जंगली साग पकाएर खाए लगत्तै सबैजना बेहोस भएका सहायक प्रजिअ शर्माले बताए ।

बिरामी पर्नेमा नलगाड नगरपालिका ५ का ३६ विष्णु कोसारी, ३८ वर्षीय टेकबहादुर वली, १९ वर्षीय नरेन्द्र वली, वडानम्बर ४ का १८ वर्षी अजय वली र वडानम्बर ८ का ३३ वर्षीय शिवराज केसी रहेका छन ।

स्थानीय स्वास्थ्यकर्मीले उपचार गर्न नसकेपछि उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको सहायक प्रजिअ शर्माले बताइन । उनीहरुलाई उपचारका लागि बाँके लैजाने तयारी गरिएको छ ।