नेपालमा थप ९ सय ७९ कोरोना पुष्टि, संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुग्यो

   २२ भाद्र २०७७, सोमबार १६:५९  

२२ भदौ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले दिएका जानकारी अनुसार आज ९ सय ७९ जनामा संक्रमण पुष्टि भएसंगै देशभर कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

यस्तै, बितेको २४ घण्टामा थप १ हजार ७ सय ३६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसंगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ ।

त्यसैगरी, विगत २४ घण्टामा मात्र थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसंगै मृतकको संख्या ३०० पुगेको छ ।