झापाकी कोरोना संक्रमित महिलाको मृत्यु
२१ भदौ, रौतहट । कोरोना भाईरस (कोभिड १९)का संकमणबाट थप एक महिलाको मृत्यु भएको छ । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पततालमा उपचाररत एक महिलाको कोरोनाका करण मृत्यु भएको हो ।
झापाको कन्काई नगरपालिका ३ की ४५ वर्षीया महिला गत १८ गते अस्पतालमा भर्ना भएकी थिए, उनका आइतबार बिहान १०:४५ बजे उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । महिलामा १८ गते नै कोरोना पुष्टि भएको थियो ।
मधुमेहको समस्या भएकी महिला कब्जियत, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि मेची अञ्चल अस्पतालमा भर्ना भएकी थिइन । गम्भीर स्वास्थ्य समस्या भएकोले त्यहाँबाट १८ गते बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर भएकी थिइन ।
परीक्षणका क्रममा महिलामा निमोनियासमेत देखिएको र अवस्था गम्भीर भइसकेकोले भेन्टिलेटरको सहायताले उपचार गर्दा पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।