पर्सा र बारामा प्रहरी, बैंकरसहित थप २६ जनामा कोरोना पुष्टि
२० भदौ, रौतहट । पर्सा र बारामा गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार जम्मा ६ जनामा कोरोना पुष्टि भएको पर्सामा आइतबार संख्या ह्वातै बढेको छ ।
नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गरिएको पछिल्लो परिक्षणका अनुसार पर्सामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने बारामा जम्मा २ जना नयाँ संक्रमति भेटिएका छन । अस्पतालले शनिबार अबेरराति गरेको परिक्षणको नतिजा सार्वजनिक गर्दा पर्सा र बारामा ५ महिलासहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालको प्रयोशालामा ५ सय १० जनाको पिसिआर परिक्षण गर्दा २६ संक्रमित भेटिएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए । संक्रमितहरु १६ वर्षदेखि ६४ वर्ष उमेर समुहका छन । थपिएका संक्रमित मध्ये वीरगञ्जस्थित कृषि औजार कारखानाको ब्यारेकमा कार्यरत दुई सशस्त्र प्रहरीका जवान र नबिल बैंक वीरगञ्ज शाखामा कार्यरत पाँच जना कर्मचारीपनि रहेका छन ।
त्यस्तै पर्सामा थपिएका अन्य संक्रमितहरु वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ को तिन जना, वडा नम्बर ९, १५ र २५ का दुईरदुई जना र वडा नम्बर ६, १०, १३, १४, २०, २१ का एकरएक रहेका छन भने, कालिकामाई गाउँपालिका वडा नम्बर ४ का एक जना र जगरनाथपूर गाउँपालिका वडा नम्बर ५ का एक रहेका छन ।
थप पाँच संक्रमितहरुको ठेगना खुल्न सकेको छैन । त्यसैगरी बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ का दुई जनामा कोरोना संक्रमण देखिएको डा। चौरसियाले बताए । आइतबार थपिएका संक्रमितमध्ये २३ जनाको सिटि भ्यालु २४ भन्दा माथि रहेको छ, भने ३ जनाको २४ भन्दा कम रहेको छ ।