करेन्ट लागेर एक बालिकाको मृत्यु
द नेपाल मिडिया
२० भाद्र २०७७, शनिबार १६:३१
२० भदौ, रौतहट । रौतहटमा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं—१० श्रीनगरमा शनिबार दिउँसो करिब १२ बजेको समयमा स्थानिय लक्ष्मी महतोका अन्दाजि ८ वर्षिय छोरी प्रियाका महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धान खेतमा मोटरबाट पानि हाल्दै गरेको अवस्थामा घाँस काटने क्रममा बिद्युतको तार हसियाले काटेपछि घटना स्थलमै प्रियाकाको मृत्यु भएको चेतनगर प्रहरी चौकीले जनाएको छ ।
मृतक बालिकाको शव पोष्टमार्टमका लागी चन्द्रनिगाहपुर अस्पतालमा पठाईएको र घटनाबारे थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।