वीरगञ्जमा थप एक जनाको कोरोनाबाट मृत्यु

   २० भाद्र २०७७, शनिबार १२:३३  

२० भदौ, रौतहट । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको मातहातमा सञ्चालित अस्थायी कोभिड अस्पताल गण्डक हस्पिटलमा विअग्त १५ दिनदेखि उपचाररत एक ७५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

गएराति अस्पतालको आइसियू कक्षमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा। अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

मृत्यु हुने पुरुष पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ का निवासी हुन् उनको गएरति साढे ११ बजेको समयमा मृत्यु भएको डा. चौरसियाले बताए । संक्रमण पुष्टि भएपछि भदौं ५ गते कोभिड अस्पताल भर्ना भएका उक्त पुरुष दिर्घ रोगि थिए ।

विगतमा क्षयरोग भएबाट संक्रमित भइसकेका वृद्धमा पछिल्लो समय दुवै फोक्सोमा निमोनिया समेत देखिएको थियो । योसँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउँने संख्या बढेर ४० पुगेको छ ।