चितवनमा प्लाज्मा थेरापी विधीबाट उपचार गरिएकी संक्रमित महिलाको मृत्यु
द नेपाल मिडिया
१९ भाद्र २०७७, शुक्रबार १६:०२
१९ भदौ, रौतहट । चितवनमा प्लाज्मा थेरापी गरिएकी एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचारत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ कि ५२ बर्षीषा महिलाको मृत्यु भएको हो । निमोनिया भएर भदौ १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोरोना संक्रमण १९ पुष्टि भएको थियो ।
अस्पतालको आईसीयूमा उपचारको क्रममा उनको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए । मृतक महिलाको अवस्था गम्भीर भएपछि बिहीबार राति डा. शितल अधिकारी र डा.दयाराम लम्सालको टिमले प्लाज्मा थेरापी बिधिबाट उपचार सुरु गरेको थियो । चितवनमा कोरोनाबाट हालसम्म २१ जनाको मृत्युु भइसकेको छ ।
मृतक चितवनका ११ जना छन्, भने बाँकी अन्य जिल्लाका रहेका छन ।