नैकापमा एकजनाको मृत्यु

   १९ भाद्र २०७७, शुक्रबार १३:०६  

१९ भदौ, रौतहट । चन्द्रागिरि नगरपालिका १४, पुरानो नैकापमा हाई इन्टेन्सन लाइनबाट करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २९ वर्षीय सुरेन्द्र महर्जन छन ।

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार चन्द्रगिरि युथ क्लबको निर्माणाधीन भवनमा महर्जनको शुक्रबार उपचारका क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार हाई इन्टेन्सतन लाइनको मुनि क्लबको भवन बनाइएको थियो । नगरपालिकाको असहमतिका बाबजुद स्थानीय युवाले घर निर्माण गरेका थिए । यसमा वडाध्यक्ष रामहरि बस्नेतको पनि अहमति भए पनि उनले रोक्न पहल नगरेको भन्दै स्थानीयले विरोध जनाएका छन ।

आक्रोशित स्थानीयले वडाध्यक्ष बस्नेतको घरका सिसा फुटाइदिएका छन ।