स्याङ्जामा शिकारीले हानेको बन्दुकको छर्रा बटुवालाई लाग्यो

   १९ भाद्र २०७७, शुक्रबार ११:५०  

१९ भदौ, रौतहट । स्याङ्जामा शिकारीले हानेको बन्दुकको छर्रा बटुवालाई लागेर अवस्था गम्भिर भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित माझापाटा जंगलमा शिकार खेल्ने क्रममा जंगली जनावरलाई हानेको बन्दुकको छर्रा मान्छेलाई लागेको छ ।

शिकार खेल्ने क्रममा स्थानीय ६३ वर्षीय इन्द्रबहादुर खत्रीले हानेको भरुवा बन्दुकको छर्रा लागेर ४५ वर्षीय भीमबहादुर गोदार घाइते भएका छन । घाइते भीमबहादुरको पोखरास्थित अन्नपूर्ण फेवा अस्पतालमा उपचार भइरहेको छ ।

माझापाटा जंगलमा शिकार खेल्ने क्रममा इन्द्रबहादुरले जंगली जनावरलाई हानेको बन्दुकको छर्रा भीमबहादुरको पेटमा लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरिक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले इन्द्रबहादुर खत्रिलाई भरुवा बन्दुक र दुईसय ग्राम बारुद सहित नियन्त्रणमा लिएको छ । शिकारलाई ताकेको निशाना बाटोमा हिँडिरहेका भीमबहादुरलाई लाग्न पुगेको खत्रिले प्रहरीसँग बताएका छन ।

घाइते भीमबहादुरको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।