रौतहटमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि
१८ भदौ, रौतहट । रौतहटमा थप आज ४१ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । योसंगै कोरोनाबाट संक्रमित हुनेकौ कुल संख्या १ हजार ६ सय ४३ पुगेको छ ।
आज थपिएका संक्रमितहरुमध्ये बृन्दावन नगरपालिकाका २० जना, यमुना माइ गाउँ पालिकाका १७ जना र परोहा नगरपालिकाका ४ जना गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रवत्ता हरेन्दर गुप्ताले जानकारी दिए ।
हालसम्म २० हजार ३ सय १५ जनाको स्वाब संकलन गरी पीसीआर परिक्षण गर्दा १ हजार ६ सय ४३ जनाको रिपोर्ट पोजेटिभ आएसंगै १७ हजार ५ सय ७८ जनाको नेगेटिभ रिपोर्ट आएको छ, भने १ हजार १ सय जनाको कोरोना रिपोर्ट अहिले आउन बाँकी नै रहेका छ ।
यस्तै, अहिले रौतहटमा ३२ महिला र ९८ पुरुष गरी १ सय ३० संक्रिय कोरोना संक्रमित रहेका छन् । आईसोलेसनबाट हालसम्म १ हजार ५ सय ३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन, भने कोरोना संक्रमणका कारण रौतहटमा ५ जनाको मृत्यु भएको छ ।